विद्याको फिल्मी यात्रा : एक दर्जन फिल्मबाट रिजेक्ट भएपछि बनिन् स्टार | Khabarhub Khabarhub

विद्याको फिल्मी यात्रा : एक दर्जन फिल्मबाट रिजेक्ट भएपछि बनिन् स्टार


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्या बालन पछिल्लो समयकी सफल हिरोइन मध्येकी एक हुन् । परिणीता मार्फत बलिउडमा पाइला टेकेकी विद्याले त्यसपछि मुन्नाभाइ एमबिबिएस, डर्टी पिक्चर, कहानी लगायतका फिल्म मार्फत आफ्नो क्षमतालाई प्रस्तुत गरिसकेकी छिन् । फिल्मी ब्याकग्राउन्ड नभएको परिवारबाट बलिउडसम्मको यात्रा तय गरेकी विद्याले यो सफलता सजिलै पाएको भने होइन । उनले यसको लागि धेरै संघर्ष गरेकी छिन् । बलिउडमा कोही नहुँदा उनले धेरै समय प्रतीक्षा गर्न पर्‍यो । फिल्ममा इन हुने र छायांकनमा नजादै आउट हुने क्रम चलिनै रह्यो । 

एड, म्युजिक भिडियो हुँदै फिल्ममा आएकी विद्याले १२ फिल्म साइन गरेर छाड्नु पनि परेको थियो । त्यो अवस्था उनको लागि अत्यन्त पीडादायक थियो । यद्यपि उनले त्यो समयमा आफूलाई स्ट्रोङ बनाउँदै उनले सफलताको यात्रा पुरा गरिन् । विद्यालाई कलाकार बन्ने रहर थियो । तर, बलिउडमा उनको कुनै किसिमको सम्पर्क थिएन । 

उनले टेलिभिजनमा एक शो पाएकी थिइन्, तर त्यो रिलिज भएन । यस्तो समस्या उनले धेरै पटक फेस गरिन् । उनले टिभीमा पहिलोपटक काम गरेको सिरियल हो ‘हम पाँच’ । तत्कालीन समयको हिट सिरियल भएको कारण विद्याले आफ्नो आमाबाट काम गर्ने अनुमति पाएकी थिइन् । तर, त्यहाँ उनले एक डेढ वर्ष मात्र काम गरिन् । किनकी उनको पढाइमा असर गरिरहेको थियो भने सिरियलमा उनको रोल पनि कम गर्न थालिएको थियो । त्यसपछि कलेजको पढाइलाई निरन्तरता दिइरहेकी विद्यालाई एक टेलिभिजन विज्ञापनको अफर भयो । तर, त्यसमा उनले ८ वर्षको छोरीको आमा बन्नु पर्ने थियो । उनले विज्ञापन नगर्ने निर्णय गरिन् । तर, उनकी आमाले गर्न सुझाइन् ।

कलेजको पढाइमा असर नगर्ने भएकोले उनले विज्ञापन गरिन् । पहिलो विज्ञापन पश्चात उनले लगातार अन्य ९० टिभीसी काम गरिन् । ‘मलाई लगातार एड अफर हुन् थाल्यो । मेरो पढाइमा असर नगर्ने भएकोले मैले कामलाई निरन्तरता दिए । त्यसपछि मैले साउथमा एक एड गरे । र, त्यहीँ मलाई मोहनलालसँग फिल्म अफर भयो’ विद्याले भनिन् । उनले फिल्मको लागि अडिसन दिनु पर्ने थियो । साथै, उनलाई घरको स्वीकृति पनि आवश्यक थियो । उनले आमासँग कुरा गरिन् । उनकी आमा मोहनलालको फ्यान रहेकोले फिल्म गर्ने स्वीकृति पाइन् । अडिसनबाट छनोट भएपछि उनले दुई हप्ता जसो छायांकन पनि गरिन् । तर, मोहनलाल र निर्देशक बीच फाटो आएपछि फिल्म रोकियो ।

 ‘फिल्म रोकिएपनि मेरो बारेमा साउथ फिल्मनगरीमा चर्चा भइसकेको रहेछ । मलाई फ्रेस देखेर लगातार १२ फिल्म अफर भए र मैले साइन पनि गरे’ विद्याले भनिन् । तर, ति फिल्मबाट विद्यालाई निकालियो । त्यसबाट उनको मनोविज्ञानमा पनि असर पर्‍यो  । विद्यालाई साउथ फिल्मनगरीमा राम्रो दृष्टिकोणले हेर्न छाडियो । किनकी फिल्म नबन्नुमा विद्यालाई  दोषी बनाइयो ।  ‘मेरो डेब्यु हुन् लागेको फिल्म बन्द हुनुको कारण मलाई दिइयो । किनकी मोहनलाल र निर्देशकले धेरै हिट फिल्म दिइसकेका थिए । यसपटक मेरो भाग्यका कारण फिल्म बनेन भन्ने हल्ला फैलियो र म लगातार फिल्महरुबाट आउट भए’ उनले भनिन् । त्यो समय उनमा फ्रस्टेसन सुरु हुन् लागेको थियो । उनलाई लाग्थ्यो कि म फिल्ममा आउन सक्दिनँ । यसैबीच उनलाई साउथकै फिल्म अफर भयो र छायाँको पनि सुरु भयो ।

‘मलाई लाग्यो अब त सही हुन्छ किनकी फिल्म साइन गरे र छायांकन पनि सुरु भयो’ विद्या खुसी थिइन् । तर, त्यो खुसी धेरै समय टिकेन । किनकी त्यो फिल्म एक साता नपुग्दै रोकियो । कारण, निर्मातासँग बजेट थिएन । त्यसपछि बटुलेको साहस पनि विद्याले गुमाउन थालिन् । उनी अब फिल्मकै लागि स्ट्रगल गर्ने कि नगर्ने भन्ने फेजमा आइसकेकी थिइन् । तर, यो सबलाई नियाली रहेकी उनकी आमाले उनलाई आत्मबल प्रदान गरिरहेकी थिइन् । ‘म नजिकै रहेको साईबाबा मन्दिरमा गएर घण्टौँ रुन्थे र मलाई यहाँसम्म ल्यायौ अब गन्तव्यसम्म पुर्‍याउने तिम्रो काम हो भन्दै प्रार्थना गर्थे’ विद्याले भनिन् । त्यही बीचमा उनलाई एउटा सेक्स कमेडी फिल्म पनि अफर भएको थियो । उनले साइन पनि गरिन् , तर काम गर्न असहज भएपछि छाडिन् । त्यसको कानुनी झमेलामा समेत उनले तनाव बेहोर्नु पर्‍यो  । 

उनले भनिन्, ‘त्यो समय मलाई लाग्थ्यो किन यति धेरै समस्या आइरहेको छ, मेरो लाइफमा । मेरो फेमिलीले हौसला नदिएको भए म त्यो फेज पार गर्न सक्दिनँ थिए ।’ लगभग यस्तै किसिमको तनावमा उनले तीन वर्षको समय बिताइन । त्यहीँ बीचमा उनलाई एक म्युजिक भिडियोमा अफर आयो । प्रदीप सरकारको भिडियोमा काम गर्ने अवसर उनले पाइन् । ‘त्यो भिडियो मैले त्यहीँ काम गर्ने एक लेडीको कारण पाएको थिए । उहाँले नै दादा (प्रदीप) लाई कन्भिन्स गर्नु भयो । त्यो भिडियोको छायांकन सकिने बेला बिहानी पख मलाई दादाले तिमीसँग फिल्म बनाउँछु भन्नु भयो’ विद्याले भनिन् । तर, त्यतिबेला उनलाई त्यो सामान्य लागेको थियो । किनकी विद्याले त्यस्तो बचनवद्धता धेरैबाट पाएकी थिइन् । लगातार १२ फिल्मबाट निकालिएकी थिइन् । त्यसलाई उनले हल्का रुपमा नै लिइन् ।

केही समयपछि प्रदीपले विद्यालाई  ‘परिणीता’ अफर गरे । विद्या खुसी थिइनन् किनकी छायांकन सुरु हुनु थियो । त्यो फिल्मलाई निर्माण गर्ने भए विधु विनोद चोपडाले । त्यसपछि विद्यालाई फिल्म छायांकन हुँदासम्म म  हुँदिन भन्ने लाग्यो । ‘विनोदले दादालाई नयाँ कास्टमा किन यत्रो पैसा लगाउने भनेर धेरै पटक छलफल गरेको सुनेकी थिए । त्यसैले म फिल्ममा हुन्छु भन्ने लागेको थिएन । तर, दादाले कन्भिन्स गर्नु भयो र मेरो अडिसन लिने भइयो’ विद्याले भनिन् ।

अडिसन स्वरूप फोटोसुट गरियो । उनिए निकै उत्साहका साथ सहभागी भइन् । तर, त्यो क्रम त्यतिमै रोकिएन । उनले त्यसपछि गीत, सिन लगायतका दृश्यमा अडिसन दिनु पर्‍यो । यो क्रम एक महिना चल्यो । उनले हप्तामा एक दुई पटक अडिसन दिन जानु पर्थ्यो । त्यो बीचमा उनलाई दिक्क लागिसकेको थियो । किनकी उनी अडिसनकै फेजमा दिक्दार भएकी थिइन् । उनी एकदिन कन्सर्टमा थिइन् । उनको मोबाइल अफ भएकोले प्रदीपले उनको साथीको नम्बरमा फोन गरे ।

प्रदीपको नम्बरबाट विनोदले कुरा गरे । विद्यालाई लाग्यो, तिमीलाई लिन सक्दिनँ भनेर भन्छन् । ‘म अब नेक्स्ट टाइम भन्छन् भन्नेमा थिए । विनोदले मलाइ तिमी भिडबाट बाहिर आउ भन्नु भयो । म निस्किए र मलाई तिमी नै मेरी परिणीता हौँ भन्नु भयो । म त्यहाँ एक्लै थिए, त्यो सुन्ना साथ रोइरहे । आँशु अचानक झरे र रोकिएनन्’ विद्याले भनिन् । त्यो समय उनलाई मेहनतको फल पाए झैँ लाग्यो । उनले एक महिनासम्मको टेस्ट र अडिसनलाई बल्ल बुझिन् ।

‘बल्ल बुझयौँ हिरालाई तयार गर्न कति टाइम लाग्छ भनेर  ‘विनोदको यो वाक्य सुनेर उनी झन् धेरै खुसी भइन् । त्यसपछि फिल्म बन्यो र सफल पनि रह्यो । डेब्यु फिल्ममै विद्याले सफलता पाइन् । त्यसपछि मुन्नाभाइ एमबिबिएस , डर्टी पिक्चर , कहानी लगायतका फिल्मले उनलाई बलिउडमा स्थापित अभिनेत्रीको सिढीमा अगाडि बढाउदै लग्यो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ०३ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते