पोखरामा दुई जनाको मृत्यु, हत्याको आशंका « Khabarhub

पोखरामा दुई जनाको मृत्यु, हत्याको आशंका


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ । श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘दुवै हत्या भएको पनि हुन सक्छ । वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ । जाहेरी परेको छ । हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन ।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ०४ बजे

रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए

पोखरा- उम्मेदवारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नम्बर २

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको