घोषणापत्र जारी गर्दै सकियो पहिलो मधेस प्रदेश युवा महोत्सव « Khabarhub

घोषणापत्र जारी गर्दै सकियो पहिलो मधेस प्रदेश युवा महोत्सव


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – विभिन्न २० बुँद्धे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो ।

महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक शिक्षा निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्न प्रयत्न गरिने, युवाको स्वरोजगार अभिवृद्धिका निम्ति स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता तथा सहुलियत रुपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गरिने उल्लेख छ ।

गलत, मिथ्या सूचना, दुष्प्रचार तथा घृणस्पद अभिव्यक्तिबाट युवालाई जोगाउन सचेतीकरण कार्यक्रम सञ्चालन गरिने, युवालाई कुलतबाट जोगाउन विभिन्न नीतिगत व्यवस्था गर्दै आवश्यक सचेतीकरण कार्यक्रम आयोजना गरिने, कुलतको जोखिम, मानव बेचबिखन तथा अन्य अपराधिक क्रियाकलापलाई रोकथाम गर्न एउटा छुट्टै संयन्त्र निर्माण गरी परिचालन गरिने, मन्त्रालयले आफ्नो योजना तर्जुमा गर्दा अनिवार्य रुपमा युवाको सहभागिता गराइने र सोही अनुरुप बजेट विनियोजन गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

प्रदेशका युवाको संस्थागत रुपमा नै समग्र विकासका लागि उचित व्यवस्था गर्दै यसका लागि प्रदेश युवा परिषद्लगायत आवश्यक संरचना निर्माण गर्न नीतिगत व्यवस्था गरिने, युवाका लागि औपचारिक शिक्षाका साथै जीवनपयोगी शिक्षा तथा जीवन पर्यन्त सिकाइको व्यवस्थालगायतका बिषयहरु घोषणापत्रमा समेटिएको छ ।

मधेस प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयद्वारा ‘‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट” भन्ने नाराका साथ आयोजित महोत्सवमा मधेस प्रदेशका आठवटै जिल्लाका ५०० युवाको सहभागिता रहेको मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन बुधबार मधेस मन्थनअन्तर्गत मधेस प्रदेशमा राजनीति, उद्यान, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रुपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम गरिएको थियो ।

आज मधेस प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रियासँगै मधेश जागरण तथा अभिमुखीकरणअन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई विज्ञबाट सहजीकरण गराईएको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि