देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना « Khabarhub

देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।

मौसम पूर्वअनुमान महाशाखाकाअनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ। देशका अन्य धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षा र देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । साथै केही राजमार्गमा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ०० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा