गण्डकी प्रदेशका उपप्रमुखलाई पोखरामा अभिमुखीकरण | Khabarhub Khabarhub

गण्डकी प्रदेशका उपप्रमुखलाई पोखरामा अभिमुखीकरण


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका ८५ वटै पालिका उपप्रमुख पोखरामा भेला भएका छन् । न्याय सम्पादन चुनौती र प्रक्रियाबारे छलफल गर्न उनीहरूलाई प्रदेश सरकारले अभिमुखीकरण कार्यक्रम राखेको हो ।

संविधानले नै उपप्रमुखको संयोजकत्वमा स्थानीय तहमा न्यायिक समिति गठन हुने र उक्त समितिले सानातिना उजुरी फर्स्यौट गर्ने व्यवस्था गरेको छ । त्यसकै आधारमा न्यायिक समितिले काम गर्दै आएका छन् । समितिले कस्ता मुद्दा लिने र कसरी फर्स्यौट गर्ने भन्ने जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले बताए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय न्यायिक समिति संघीयताको बलियो पक्ष भएको बताए । जनताका घरदैलोका समस्या समाधानका लागि स्थानीय तहलाई न्यायिक अधिकार दिइएको भन्दै उनले त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न सुझाए । ‘हाम्रो समाज आफूले कति दुःख पाएँ भन्दा पनि अरुले कति सुख पायो भन्ने जस्ता इगोको मनोविज्ञानबाट ग्रसित छ । यस्तै समस्याबाट सिर्जित विषयलाई निरुपण गर्न स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरिएको हो,’ उनले भने, ‘न्यायिक समितिको व्यवस्था संविधानको सुन्दर पक्ष हो । यो त्यतिबेला मात्रै सुन्दर हुन्छ, जतिबेला आफ्नो जिम्मेवारी हामीले राम्रोसँग पूरा गर्छौँ ।’

कानुनमन्त्री थापाले न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रमले नगरपालिका र गाउँपालिकाका नवनिर्वाचित उपप्रमुखहरुलाई कार्यसम्पादन गर्न टेवा पुग्ने बताए । ‘अधिकार दिए पनि मुद्दा समयमा फर्स्यौट हुन सकेका छैनन् । कतिपय पालिकामा राजनीतिक विभेद गरेका गुनासा सुनिएका छन्,’ उनले भने, ‘निर्वाचन अघि जुन-जुन पार्टीमा भए  पनि निर्वाचित भएपछि हामी साझा हौँ । सबैका प्रतिनिधि हौँ भन्ने बुझ्नुपर्छ । न्याय दिँदा विभेद गर्नु हुँदैन ।’

अदालतमा जाँदा समय, श्रम र आर्थिक पक्षमा असर पर्ने भएकाले छिटो छरितो तथा तत्काल न्याय सम्पादन गर्न न्यायिक समिति बनेका उनको भनाइ थियो । अहिले अदालतमा दर्ता हुने मुद्दामा समेत कमी आएको बताएका छन् । कार्यक्रम शुक्रबार सकिने छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ०५ बजे

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा