गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण « Khabarhub

गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेखको नारायण नगरपालिका-३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलब्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारहरूलाई लक्षित गरी बाख्रा ब्लग कार्यक्रमको पहिलो चरणमा १८ किसानले कुल ६३ वटा बाख्रा वितरण गरिएको छ भने लगत्तै थप एक सय ३७ वटा बाख्रा वितरण गरिने छ ।

किसानको लागत साझेदारीमा किसानलाई बाख्रासँगै व्यवस्थित खोरको लागि कुल ४६ हजार नगदसमेत उपलब्ध गराएको छ । बाख्रा ब्लग कार्यक्रमअन्तर्गत किसानले २५ प्रतिशत साझेदारी गरेका छन् भने कार्यक्रमले ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ । हरेक बाख्रा पालक कृषकले अनुदानमा प्राप्त १० बाख्रा र आफ्नो १० गरी २० वटासम्म बाख्रा पाल्न सकिने गरी खोरसमेत निर्माण गरिएको छ ।

बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्ट, पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापालगायतको उपस्थिति थियो । अनुदानमा बाख्रा पाएका किसानहरूले बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानीसँगै जीविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : १४ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल