नम्बर नखुलेको सवारीको ठक्करबाट युवकको मृत्यु « Khabarhub

नम्बर नखुलेको सवारीको ठक्करबाट युवकको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो । मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।

दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पुर्‍याएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जनाकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ५५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु