हातले लोभ्यायो पर्यटक, तस्वीर खिचाउनेको भीड « Khabarhub

हातले लोभ्यायो पर्यटक, तस्वीर खिचाउनेको भीड


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जाने पर्यटकबाट नै पुष्टि हुन्छ । जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो निर्माण गरिएको छ ।

उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गरेको छ । इलाम बजार नजिकै रहेको इलाम चियाबारीको लभडाँडा भन्ने स्थानमा यो हात निर्माण गरिएको हो । चियाका लागि यो ठाउँ ऐतिहासिकसमेत मानिन्छ । नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि यो स्थान ऐतिहासिक मानिन्छ । हुन त यहाँ हातामात्र निर्माण भएको छैन । पर्यटकीय पूर्वाधारसमेत निर्माण गरी आकर्षक बनाइएको छ ।ऐतिहासिक चियाबगान र सुन्दर हरियाली अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।

साथै नजिकै रहेको नेपालकै पहिलो उद्योग चिया कारखानासमेत नजिकै छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चिया खेतीको इतिहास बोकेको इलाम चिया बगानमा घुम्न आउने पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गरिएको छ । नेपालको पहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकको थप मनोरञ्जनका लागि इलाम नगरपालिकाले पूर्वाधार निर्माण गरेको हो । यही चियाबारीमा हातसमेत निर्माण भएपछि अझ बढी पर्यटक यहाँ पुग्ने गरेका छन् । चिया बगानभित्रका खुला क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको छ । नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो ।

बजार क्षेत्रको चिया बगान, भालुढुङ्गा, भ्युटावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको छ । नगरको विकासका लागि पर्यटकीय क्षेत्रको समेत विकास हुनुपर्ने भएकाले आगामी दिनमा नगरपालिकाले यसतर्फ आफ्ना योजना अगाडि बढाउने नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले बताए । चिया बगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाका ज्वाइँ थिए । इलाम चिया बगान क्षेत्रमा नगरपालिका–७ का वडाको पहलमा खुला जिमहाउससमेत सञ्चालन गरिएको छ ।

जिमहाउसमा दैनिक पर्यटक र इलाम बजारवासीले व्यायाम गर्दै आएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारवासी, निजामती कर्मचारीलगायत यहाँ बस्ने मानिस दैनिकरूपमा बिहानपख (मर्निङवाक) र साँझपख (इभिनिङवाक) का लागि जाने गरेका छन् । उनीहरूलाई नै लक्ष गरेर खुला जिमहाउस सञ्चालन गरिएको हो । खुला जिमहाउस चिया बगानको माथि धुराबस्ती क्षेत्रमा निर्माण गरिएको छ । बगान क्षेत्रका खुला ठाउँको पहिचान गरी पर्यटन पूर्वाधार र खुला जिमहाउस निर्माणले नगरपालिकावासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरपालिका योजना छ ।

नगरपालिकाले खुला जिमहाउससहित पर्यटन पूर्वाधार निर्माणपछि चिया बगान भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । नयाँ र आकर्षक केन्द्र निर्माणले यहाँ हाल पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । इलाम पर्यटकीय जिल्लाका रूपमा नै परिचित छ ।  यहाँ रहेका पर्यटकीयस्थलमा अब कृत्रिम पर्यटकीय पूर्वाधारसमेत निर्माण हुँदै जाने हो भने आकर्षण थपिँदै जाने थियो । यसका लागि प्रदेश र केन्द्र सरकारले समेत लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ थियो । पानीको मुहान संरक्षण गरे हरियाली बढ्ने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।

-रासस

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : २४ बजे

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब