चितवनमा ४ सय ११ जनाले बुझाए  निर्वाचन खर्च विवरण | Khabarhub Khabarhub

चितवनमा ४ सय ११ जनाले बुझाए  निर्वाचन खर्च विवरण


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरूले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिकामा २८४ मध्ये आठ जनाले मात्रै खर्च विवरण बुझाएको उनले जानकारी दिए। राप्ती नगरपालिकाका २६१  उम्मेदवारमध्ये १०, कालिका नगरपालिकाका २१३ उम्मेदवारमध्ये ६६, माडी नगरपालिकाका १५७ मध्ये १२५ र इच्छाकामना गाउँपालिकाका ९४  उम्मेदवारमध्ये चार जनाले मात्र खर्च विवरण बुझाएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसूची ३० बमोजिम निर्वाचनको अन्तिम मत परिणाम आएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

विवरण नबुझाउने उम्मेदवारलाई आयोगले सङ्घीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिए। नियमावली अनुसार महानगर प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यले रु तीन लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यले रु दुई लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले रु तीन लाख ५० हजार वडाध्यक्ष र सदस्यले रु एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ३३ बजे

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले