‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु | Khabarhub Khabarhub

‘आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि सुरु भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यको आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन आज शुक्रबारदेखि सुरु भएको हो ।  सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ ।

आइसिटी अवार्ड २०२२ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुल्ला गरिएको र अनलाइन नोमिनेशन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार, आइसिटी अवार्डमा प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन्  । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले आउदोे मंसिरमा आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणमका छनौट प्रक्रियालाई अगाडी बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेशन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इनोभेसन सम्बन्धित विधाहरू रहेका छन्  ।

आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

यसै गरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

यस वर्ष आयोजकले गत चैत र जेष्ठ महिनामा सातौ प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरिय उत्कृष्ट स्टार्टअपहरू छनौट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए । ११ विधा बाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरुले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन् । यसै गरी अन्तर्राष्ट्रिय स्तरलाई पनि लक्षित गरेर केहि समय पश्चात् कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ ।

यसै गरी काठमाडौँमा सातै प्रदेशबाट छनौट भएको ४० बढी स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौँ स्टार्टअपहरूको विशेष सेसन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ काठमाडौँमा पनि सञ्चालन हुनेछ ।

गत वर्ष आयोजना भएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो । गत वर्ष स्टार्टअप आइसिटी अवार्ड खेतीले प्राप्त गरेको थियो भने प्रडक्ट आइसिटी अवार्ड प्राप्त गरेको थियो । मुशुरले राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२१ प्राप्त गरेको थियो ।

मनोहर भट्टराई, बिनय बोहोरा, प्रशन्न ढुंगेल र गुण केशरी प्रधानले क्रमशः पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ प्राप्त गरेका थिए ।

भूमि व्यवस्थापन विभाग, नेपाल क्लियरिङ हाउसले गत वर्ष क्रमशः डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस अवार्ड प्राप्त गरेका थिए । यसै गरी कालिका मानवज्ञान र रातो बंगला स्कुलले डिजिटल एजुकेशन आइीसटी अवार्ड पब्लिक र प्राइभेट सेक्टरको अवार्ड प्राप्त गरेका थिए । आइसिटी अवार्ड २०२१ मा ५०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।

आयोजकले बुधवार आयोजना गरेको छलफल कार्यक्रममा सल्लाहकार र जुरी समितिले अवार्ड अझ उत्कृष्ट बनाउनको लागि थप सुझावहरू दिएका थिए ।

आइसिटी अवार्ड नेपालको प्रविधि क्षेत्रमा नयाँ आइडिया र स्टार्टअपदेखि विशिष्ट योगदान दिएका व्यक्ति र सस्थाहरुलाई सम्मान गर्ने महत्त्वपूर्ण कार्यक्रमको रूपमा स्थापित भएको र यसले सबैको विश्वास जितेको सल्लाहकार तथा योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उक्त छलफल कार्यक्रममा बताए । यसै गरी जुरी समितिका सुशील पोखरेलले नेपालमा आयोजना हुने अवार्डहरू मध्ये आइसिटी अवार्डको छुट्टै चार्म रहेको र यसले स्टार्टअप र इन्नोभेटरहरुको लागि महत्त्वपूर्ण प्लेटफर्मको विकास गरेको बताए ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

यी हुन आइसिटी अवार्ड २०२२ का ११ विधाहरू 

आइसिटी अवार्ड २०२२ मा ११ विधामा सबैलाई सहज गराउने उद्देश्यले अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइटमा गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ । आवेदनको समयावधि यही साउन ३१ सम्म रहको छ ।

१. स्टार्टअप आइसिटी अवार्ड 
आइटी प्रडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुन अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

२. प्रडक्ट आइसिटी अवार्ड 
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७८ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड 
राइजिङ स्टार इनोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इनोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।

४. पायोनियर आइसिटी अवार्ड 
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई सम्मान पूर्वक  प्रदान गरिन्छ । यस विधामा आफै वा अरू कसैले योग्य व्यक्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

५. नेपाली डायस्पोरा आइसिटी अवार्ड 
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको सहयोग,हौसला र योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । यस विधामा आफू वा अन्य कसैले योग्य व्यक्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

६. आन्टरप्रेनर आइसिटी अवार्ड 
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । यस विधामा आफू वा अन्य कसैले योग्य व्यक्तिको नाममा नोमिनेशन दर्ता गर्न पनि सकिन्छ ।

७. वुमन आइकन आइसिटी अवार्ड 
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ,महिलाले गरेका योगदानका  विषयलाई लिएर सम्मान पुर्बक प्रदान गरिन्छ  । यस विधामा आफू वा अन्य कसैले योग्य व्यक्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । यस विधामा संलग्न व्यक्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)
यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) विधा थपिएको छ । यस विधामा संलग्न व्यक्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड 
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी संस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा संलग्न व्यक्ति वा अन्य कसैले योग्य सरकारी संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् । यस विधामा संलग्न व्यक्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : १९ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर