थाइ स्माइलको काठमाडौँ– बैङ्कक उडान शुरु « Khabarhub

थाइ स्माइलको काठमाडौँ– बैङ्कक उडान शुरु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सम्पूर्ण वायु सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायु सेवा कम्पनी थाइ स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुईतर्फी  हवाई सेवा प्रारम्भ भएको हो । सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाइ स्माइल एयरवेजको योजना रहेको छ ।

यस रुटको लागि तोकिएको एयरबस–३२० माइको नोमी क्लासमा १५० र प्रिमियम इकोनमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ, जसमा अन–बोर्ड मिल सर्भिस विमान भित्रै खानाको सुविधा पनि रहेको छ । थाइ स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमान स्थलहरूमा उडान भर्छ भने थाइ एयरवेज इन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।

आरआर ग्रुप अफ कम्पनी अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाइ स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ । थाइ एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाइ) को सहायक वायु सेवा कम्पनी थाइ स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्ति चाइले भने ‘काठमाडौँ–बैङ्ककहवाई सेवाको शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। यसले निश्चित रूपमा बैङ्ककर एशियाका अन्य प्रमुख शहरहरूबीच बढ्दै गइरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउने छ ।  हामीलाई विश्वास छ कि यो नयाँ यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ । साथै हामीलाई यो पनि विश्वास छ कि यस रुटको सुरुवात सँगै नेपाल बिस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरूका लागि पनि पर्यटकीय आकर्षणको केन्द्र हुनेछ ।’

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने ‘थाइ स्माइलको हवाई उडान सेवा शुरु गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनःहवाई  सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ । यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ ।’

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : २८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्