बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट | Khabarhub Khabarhub

बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रूपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, पत्रकारलगायत संयुक्त टोलीले आज बजार अनुगमन गरेको हो ।

भक्तपुरको कमल विनायकदेखि सल्लाघारीसम्मका विभिन्न पसलमा भएको अनुगमनमा अनियमितता गर्नेलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। बजार अनुगमनका क्रममा कमल विनायकको सूर्य हार्डवेयरलाई रु पाँच हजार जरिवाना लगाइएको छ । हार्डवेयरले नापतौल पूरा नभएको, ट्याग र लेबलिङ विनाको डण्डी बिक्री गरेको, तौलको राम्रो व्यवस्थापन नगरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए।

कमल विनायककै महालक्ष्मी कोल्ड स्टोरलाई रु तीन हजार जरिवाना लगाउँदै तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । स्टोरमा खसी, कुखुराको मासु एउटै फ्रिजमा हालेर राखेको, सडेको मासुसँगै ताजा मासु राखिएको, चार वर्षदेखि पसल नवीकरण नगरिएको, दर्ता ढक तराजु नवीकरण नगरेको, नापतौल स्पष्ट नभएको पाइएको छ ।

कमल विनायककै आरभ स्टोर, केएम मार्टमा लेबलिङ नगरिएको सामान प्याक गरी बिक्री गरिएको, म्याद गुज्रेका सामान फ्रिजमा राखिएको पाइएकाले तत्काल सुधार्न निर्देशन दिँदै म्याद गुज्रेको सामान नष्ट गरिएको छ । कमल विनायकको चाँगुनारायण आयल स्टोर, सल्लाघारीको शान्ति आयल स्टोरमा अनुगमन गरी पेट्रोलियम पदार्थको गुणस्तरलगायत अनुगमन निरीक्षण गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ५५ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा