ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् ।

सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय आरिफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

उनीहरूको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
दुवैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको हो । सँगै हिँडिरहेका उनीहरूमाथि शंका लागेर शरीर खानतलासी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ ।

दुबै जनाविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ५३ बजे

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख