फलाम बोकेको ट्रक दुर्घटना हुँदा भारतीयको मृत्यु « Khabarhub

फलाम बोकेको ट्रक दुर्घटना हुँदा भारतीयको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उक्त ट्रक स्थानीयवासीको घरमा ठक्कर दिएर २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

सुरेन्द्रको शव गाडीको स्टेयरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनको शव परीक्षणका लागि हेटौँडा ल्याउँदै गरेको उनले बताए ।

ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाँच्न सफल भएका छन् । अजित सामान्य घाइते छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : १८ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी