विद्युत् प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो « Khabarhub

विद्युत् प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेको कारण सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् ।
मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रसारण लाइन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । विद्युत् प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए । छतमा खेल्ने क्रममा हाईभोल्डेजको तारमा छुँदा कृष्टिना गम्भीर घाइते भएकी छन् ।
करेन्ट लाग्ने बित्तिकै तत्काल उदयपुर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी काठमाडौं लगिएको छ । करेन्ट लागी घाइते भएकी कृष्टिनाको दाहिने हात काट्नु पर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : १९ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी