मधेसमा सहिद परिवारका ९५ परिवारलाई आर्थिक सहयोग « Khabarhub

मधेसमा सहिद परिवारका ९५ परिवारलाई आर्थिक सहयोग


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर : मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सहिद परिवारलाई प्रमाणपत्र र रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

नेता यादवले सङ्घीय सरकारले जनयुद्धका सहिदलाई सम्मान गर्न नसकेपनि मधेस प्रदेश सरकारले जनयुद्ध दिवस र सहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग गर्नु स्वागतयोग्य कार्य भएको उल्लेख गरेका थिए ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री साहले सहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताएका थिए ।

प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भत्ता र शहिद परिवारका छोराछोरीलाई छात्रवृत्ति दिन लागेको जानकारी दिए ।

गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताउँदै मन्त्री साहले जल विधुत आयोजनामा शहिद परिवारलाई शेयर सदस्य बनाउने योजना बनाउन लागेको बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ११ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी