उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान « Khabarhub

उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ ।

गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युतको खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत खपतमा सावधानी अपनाउन आग्रह गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि विद्युतको प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसहरूलाई उद्योगहरूको सञ्चालन तथा नागरिकहरूको दैनिक जीवनमा बाधा सिर्जना नगरिकन विद्युत खपत स्तर कम गर्न आग्रह गरेको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार सातौं दिनसम्म लगातार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको र यसबाट ‘अत्यधिक गर्मी’ भएको अधिकारीहरूले बताएका छन् ।

शुक्रबार टोकियोमा ३७.० डिग्री सेल्सियसमा पुगेको छ । विद्युतको कमीबाट बच्न मानिसहरूले ऊर्जा संरक्षणका उपायहरू अपनाउनु विशेष गरी महत्वपूर्ण हुन भन्दै सरकारले साँझ ५ बजेदेखि ८ बजेसम्म कम विद्युत खपतका लागि सूचना जारी गरेको हो । उक्त समय सौर्य ऊर्जा उत्पादन घट्दा विद्युतको माग अनुसार आपुर्तिमा अभाव हुने देखिएको अधिकारीले बताएका छन् ।

यस बर्ष जापानका विभिन्न छ स्थानमा ४० डिग्री असामान्य तापक्रम वृद्धिसँगै अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले मानिसहरूलाई तापघात र तापसित सम्बन्धित अन्य रोगहरूको चिन्ताले गर्दा एयर कन्डिसनरको प्रयोग जारी राख्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले एयर कन्डिसनर बन्द गर्नुको सट्टा बत्तीको लागि बिजुलीको खपतमा कमी गर्न र अनावश्यक विद्युतीय उपकरणहरूको कम प्रयोगका लागि आग्रह गरेको हो ।

जापानको मौसम विज्ञान निकायले कान्टो–कोशिनदेखि क्युशु क्षेत्रसम्म व्यापक गर्मीसँगै शुक्रबार ‘लु’ लाग्ने चेतावनी जारी गरेको थियो । जापानका अस्पतालहरूमा उच्च तापक्रमका कारण देखिने समस्याहरू लिएर जानेको सङ्ख्या उल्लेख्य बढेको बताइएको छ ।

तातो हावा बहने सम्भावना रहेका क्षेत्रमा उच्च तापक्रमका कारण हुनसक्ने मस्तिष्कघात रोक्न नागरिकहरूले घरबाहिर निस्कँदा मास्क नलगाउन जापानका उप–मुख्य मन्त्री सेइजी किहाराले आग्रह गर्नुभएको छ ।

किहाराले यस विषयमा प्रेस ब्रिफिङमा भन्नुभयो, “कोभिड–१९ सङ्क्रमण रोक्नका लागि यसपूर्व सरकारले गरेको निर्देशनलाई पुनः विचार गर्दै निकै नजिक रहेर अरू मानिससँग बोल्दा वा बस्दाबाहेक मास्क फुकाल्न आग्रह गर्दैछौं ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ४४ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२