पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : बालेन साह « Khabarhub

पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : बालेन साह


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।

आज कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ,। अनुगमनमा उपप्रमुख सुनिता डङ्गोल रप्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागिता थियो ।

“पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्यरूपमा हेरेका छौँ”, अनुगमनपछि प्रमुख साहले भने, “पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।”

अनुगमनका क्रममा पलेस्वा पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी गराए । अध्यक्ष डङ्गोलले भगवान् बहाल पुनःनिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा जानकारी दिँदै करिब रु चार करोड लागतमा बहाल पुनःनिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको बताइन् ।

सो रकममध्ये रु एक करोड ५० लाख कामपाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि रु साढे तीन करोड लागतको अनुमान छ ।

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुनःनिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनःनिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ५७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले