सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते  « Khabarhub

सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते भएका छन् ।

आइतबार दिक्तेलबाट काठमाडौँ जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् ।

बोलेरोको ठक्करबाट सुमो चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको प्रहरीचौकी रातामाटा सिन्धुलीले जनाएको छ ।

यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ का निरमायाँ मगर, भक्तबहादुर मगर र सिन्धुली तिनपाटन गाउँपालिका–९ का रञ्जना खुलाल घाइते भएका छन् । यस्तै, बोलेरो चालक धादिङको थाक्रे गाउँपालिका–३ का किरण मिजार पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको धुलीखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ४६ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ