चुलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै पठाउने « Khabarhub

चुलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै पठाउने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – चुलाचुली गाउँपालिकाले अब स्थानीयको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।

बर्खाको समयमा चुलाचुलीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले घेराबन्दीमा गर्ने र कतिपय सो खोलमा पुलसमेत नभएकाले सेवाग्राहीलाई बैंकसम्म नै आएर सामाजिक सुरक्षा भत्ता लिन असहज हुँदै आएको थियो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानीयले हैरानी ब्यर्होनु परेको र सो हैरानीलाई कम गर्नका लागि सो पालिकाले निर्णय नै गरेर घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खोजिएको हो ।

जसअनुसार सोही पालिकामा रहेको एनएमबी बैङ्कसँगको सहकार्यमा घर–घरमा नै पुगेर अब देखी सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । जसका लागि पालिकाभित्र रहेका सबै घरहरूको नम्बर व्यवस्थितसमेत गरिनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ३३ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२