चुलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै पठाउने « Khabarhub

चुलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै पठाउने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – चुलाचुली गाउँपालिकाले अब स्थानीयको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।

बर्खाको समयमा चुलाचुलीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले घेराबन्दीमा गर्ने र कतिपय सो खोलमा पुलसमेत नभएकाले सेवाग्राहीलाई बैंकसम्म नै आएर सामाजिक सुरक्षा भत्ता लिन असहज हुँदै आएको थियो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानीयले हैरानी ब्यर्होनु परेको र सो हैरानीलाई कम गर्नका लागि सो पालिकाले निर्णय नै गरेर घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खोजिएको हो ।

जसअनुसार सोही पालिकामा रहेको एनएमबी बैङ्कसँगको सहकार्यमा घर–घरमा नै पुगेर अब देखी सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । जसका लागि पालिकाभित्र रहेका सबै घरहरूको नम्बर व्यवस्थितसमेत गरिनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ३३ बजे

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये