आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा « Khabarhub

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका कारण दुईतर्फी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १२ : ४४ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ