लसुनले पाएन मूल्य « Khabarhub

लसुनले पाएन मूल्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम (पूर्व)- लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङका लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १०० का दरले लसुन बिक्री गर्न चाहन्छन् ।

एक किलोको  रु १००मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए । अहिले आफूसँग मात्रै १० क्विन्टलको हाराहारीमा लसुन भएको उनको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका खड्काले अहिले भने उत्पादन घटेको बताए। यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए।

उनका अनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हाराहारीमा लसुन छ । चुनवाङकै पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए। बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उनको भनाइ थियो ।

यस वर्ष चुनवाङमा ४३२ दशमलब ३५ मेट्रिक टन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए। उनका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ४२ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले