‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतमा देश प्रेम « Khabarhub

‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतमा देश प्रेम


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिक्किमका पूर्व मुख्यमन्त्री डा पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो ।

अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीच परिचित हिमालय म्युजिक एकेडेमीको प्रस्तुतिमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली टाढा टाढा जति टाढा गए पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ ।

बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् । आइतराज थुम्बापोको शब्द सृजना तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन छ ।

रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन  सुरेन्द्रमान सिंहले गरेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै