गण्डकीमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालयअन्तर्गतका दुई ऐन पारित « Khabarhub

गण्डकीमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालयअन्तर्गतका दुई ऐन पारित


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालय अन्तर्गतका दुई ऐन पास भएको छ।  आइतबार प्रदेश सभाको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिँचाइ व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।

संसदबाट दुई विधेयक पारित भएसँगै उर्जा मन्त्रालय अन्तर्गतका सिँचाइ तथा खानेपानी ऐन बनेको छ ।  विगतमा ऐन नहुँदा सामान्य कार्यविधिकै भरमा काम गर्नु पर्ने बाध्यता रहेको ऊर्जा मन्त्री हरिशरण आचार्यले जानकारी दिए । 

‘यी दुई ऐन पारित भएसँगै अब हामीले खानेपानीको मुहान दर्ता, उपभोक्ताको अधिकार, कार्यालयको अधिकार, कार्यक्षेत्र, खानेपानीको महसुल व्यवस्थित बनाउने लगायत थुप्रै सहजता हुने भएको छ’, मन्त्री आचार्यले भने । 

ऐन पारित भएसँगै नियमावली निर्माणको प्रक्रिया सुरु गरिसकेको उनले बताए । ‘ऐनका आधारमा हामीले आवश्यक सबै नियमावली बनाइसकेका छौँ । अब अन्तिम छलफल गरेर ढिलोमा साउन मसान्तसम्ममा मन्त्री परिषदमा छलफल गराएर पास गर्नेछौं’, उनले भने । 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : २२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय