गण्डकीमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालयअन्तर्गतका दुई ऐन पारित | Khabarhub Khabarhub

गण्डकीमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालयअन्तर्गतका दुई ऐन पारित


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालय अन्तर्गतका दुई ऐन पास भएको छ।  आइतबार प्रदेश सभाको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिँचाइ व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।

संसदबाट दुई विधेयक पारित भएसँगै उर्जा मन्त्रालय अन्तर्गतका सिँचाइ तथा खानेपानी ऐन बनेको छ ।  विगतमा ऐन नहुँदा सामान्य कार्यविधिकै भरमा काम गर्नु पर्ने बाध्यता रहेको ऊर्जा मन्त्री हरिशरण आचार्यले जानकारी दिए । 

‘यी दुई ऐन पारित भएसँगै अब हामीले खानेपानीको मुहान दर्ता, उपभोक्ताको अधिकार, कार्यालयको अधिकार, कार्यक्षेत्र, खानेपानीको महसुल व्यवस्थित बनाउने लगायत थुप्रै सहजता हुने भएको छ’, मन्त्री आचार्यले भने । 

ऐन पारित भएसँगै नियमावली निर्माणको प्रक्रिया सुरु गरिसकेको उनले बताए । ‘ऐनका आधारमा हामीले आवश्यक सबै नियमावली बनाइसकेका छौँ । अब अन्तिम छलफल गरेर ढिलोमा साउन मसान्तसम्ममा मन्त्री परिषदमा छलफल गराएर पास गर्नेछौं’, उनले भने । 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : २२ बजे

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको