खानेपानीमा कोलिफर्म र इकोली फेला  « Khabarhub

खानेपानीमा कोलिफर्म र इकोली फेला 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जीवाणु भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ति फडेराले बताए । पहिलो पटक परीक्षण गर्दा सो जीवाणु देखिएको हो । 

त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जीवाणु देखिएको थियो । पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नं ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरे । हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँ जस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोग हुनसक्ने संयोजक भण्डारीले बताए ।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास) का संयोजक जङ्गबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने ‘वाकटेक’ मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताए । अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गरिने छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य प्रयोगशाला परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ३१ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन