सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगुको कार्मारोङ गाउँपालिका –३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिनअघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उनले भने, ‘लामाको टाउकोमा रगत जमेकाले तत्काल न्युरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्युरोसम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार यसअघि यसरी उद्धार गर्नुपरेको थिएन । जटिल केश भएका कारण अहिले उद्धार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ४५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय