सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार | Khabarhub Khabarhub

सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगुको कार्मारोङ गाउँपालिका –३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिनअघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उनले भने, ‘लामाको टाउकोमा रगत जमेकाले तत्काल न्युरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्युरोसम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार यसअघि यसरी उद्धार गर्नुपरेको थिएन । जटिल केश भएका कारण अहिले उद्धार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ४५ बजे

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड रुपैयाँ आविष्कार केन्द्रलाई

झापा– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर

विकासको बाटो कुर्दै सिरहाका बेतौनाबासी

सिरहा– सिरहाको गोलबजार नगरपालिका– १२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद