नेप्से परिसूचकमा सामान्य वृद्धि « Khabarhub

नेप्से परिसूचकमा सामान्य वृद्धि


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले उकालो लागेर ४२१.१४ मा पुगेको छ ।

नेप्सेमा झिनो अंकको वृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ ।

उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो । बैंकिङ ५.७, व्यापार ७६.२२, जलविद्युत् १८.३७, उत्पादन १०९.१८ र लगानी ०.५३ अंकले उकालो लाग्यो । यस्तै, होटल ६०.८७, विकास बैंक ५९.४२, वित्त १.९९, निर्जीवन बीमा १९.७७, अन्य १०.८५, लघुवित्त ५८.६८, जीवन बीमा १९.५२ र सामूहिक लगानी कोष ०.०६ अंकले उकालो लाग्यो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६.९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६.४५, गुडबिल फाइनान्स ६.२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५७ र एचआइडिसिएलका लगानीकर्ताले ५.०७ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ५.२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.७१, सूर्योदय बोमी लघुवित्त ४.०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र बिन नेपाल लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए । 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ०७ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन