भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो « Khabarhub

भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३८ पुगेको छ । गत असार १६ गते ९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको भक्तपुरमा एक महिनाको अवधिमा सो सङ्ख्यामा सङ्क्रमित बढेको हो । 

सक्रिय सङ्क्रमितमध्ये भक्तपुर र चाँगुनारायण नगरपालिकाका एक/एक महिला गरी दुईजना अस्पतालको आइसोलेशनमा उपचाररत छन् भने ७९ पुरुष र ५७ जना महिला गरी कूल एक सय ३६ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सविता पुर्कोटीले जानकारी दिए । 

उनका अनुसार भक्तपुरमा साउन १० गते ९९ जना, साउन ११ गते एक सय १४, साउन १२ गते एक सय २०, साउन १३ गते एक सय ३१ जना सक्रिय सङ्क्रमित थिए । भक्तपुरमा हालसम्म २१ हजार पुरुष र १८ हजार एक सय ९१ महिला गरी कूल ३९ हजार एक सय ९१ जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार ६८० पुरुष र १७ हजार नौ सय ९५ महिला सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये दुई सय ४१ पुरुष र एक सय ३७ महिला गरी कूल तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुरथिमि नगरपालिकाका एक सय १२ जना छन् । तीमध्ये ७५ पुरुष र ३७ महिला छन् । सूर्यविनायक नगरपालिकामा ७१ पुरुष र ४० महिला गरी एक सय ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३५ महिलागरी ८७ जना र चाँगुनारायण नगरपालिकामा ४३ पुरुष र २५ महिला गरी ६८ जनाको मृत्यु भएको जनस्वास्थ्य अधिकृत पुर्कोटीले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ०९ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी