अस्पताल व्यवस्थापन समिति सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान « Khabarhub

अस्पताल व्यवस्थापन समिति सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गरेका छन् ।

अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताए ।

‘मैले अस्पतालबाट प्राप्त हुने भत्ता सधैँ विपन्न नागरिकहरूलाई नै प्रदान गर्ने गरेको छु । मलाई अस्पतालको गुणस्तर वृद्धिमा मात्रै केन्द्रित हुनु छ । सबैले सेती प्रादेशिक अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन भन्ने मेरो चाहना रहेको छ,’ भट्टले भने ।

स्वास्थ्य सेवा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले कुनै पनि नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नहुने भट्टको तर्क छ । उनले अस्पतालमा आएका बिरामीलाई कुनै समस्या भए जुनसुकै समयमा पनि आफूलाई खबर गर्न आग्रह गरेका छन् ।

‘म सधैँ बिरामीको साथमै रहने छु । गुणस्तरीय स्वास्थ्य मात्र नभएर सरसफाइ र बिरामीमा कुरुवाको व्यवस्थापनका बारेमा पनि ध्यान दिइरहेका छौं,’ भट्ट भन्छन् । उनले आगामी दिनमा पनि आफूले प्राप्त गरेको भत्ता विपन्न बिरामीहरूलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ४१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय