सहिदको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना « Khabarhub

सहिदको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले रगतदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले परोपकारी भावले कार्यक्रम आयोजना गरिएको सङ्गठनका अध्यक्ष पुण्यप्रसाद पौडेलले बताए । 

संगठनको वार्षिक कार्यक्रम अनुसार रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।

तत्कालीन शासकहरुले गरेको अत्याचारको विरुद्धमा आन्दोलन गर्दा मनोज जोशिलाई २०४८ साउन १५ खोटाङको दिक्तेल, झपेन्द्र कार्कीलाई २०४६ र सुरेन्द्र विकलाई २०६४ माघ ८ गते कोटडाँडा ८ मुगुमा राज्य पंक्षबाट गोली हानी हत्या गरिएको थियो ।

रक्तदान कार्यक्रम अघि संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सहिदद्धयले मुलुक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरूले सहिदद्धयलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् । 

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य बेदप्रसाद पोखरेल, विमल कार्की, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, सचिवालय सदस्य सृजना दनुवार, संगठनका केन्द्रिय सदस्य महेश फुँयाल लगायतले बोलेका थिए । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ४४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक