सहिदको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना « Khabarhub

सहिदको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले रगतदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले परोपकारी भावले कार्यक्रम आयोजना गरिएको सङ्गठनका अध्यक्ष पुण्यप्रसाद पौडेलले बताए । 

संगठनको वार्षिक कार्यक्रम अनुसार रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।

तत्कालीन शासकहरुले गरेको अत्याचारको विरुद्धमा आन्दोलन गर्दा मनोज जोशिलाई २०४८ साउन १५ खोटाङको दिक्तेल, झपेन्द्र कार्कीलाई २०४६ र सुरेन्द्र विकलाई २०६४ माघ ८ गते कोटडाँडा ८ मुगुमा राज्य पंक्षबाट गोली हानी हत्या गरिएको थियो ।

रक्तदान कार्यक्रम अघि संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सहिदद्धयले मुलुक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरूले सहिदद्धयलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् । 

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य बेदप्रसाद पोखरेल, विमल कार्की, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, सचिवालय सदस्य सृजना दनुवार, संगठनका केन्द्रिय सदस्य महेश फुँयाल लगायतले बोलेका थिए । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ४४ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या