सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल  सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार उद्घाटन गरेका छन् । नेपाल प्रहरी स्कुलको हाताभित्रको भवन उद्घाटन गरे लगत्तै प्रहरी महानिरीक्षक सिंहले सो अवसरमा वृक्षारोपण समेत गरेका थिए ।

प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने बिन्दुसम्म ल्याउने कार्यमा महत्त्वपूर्ण योगदान दिनेलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिएका छन् ।

सो अस्पतालले प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचार कै लागि काठमाडौं उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारिता ल्याउन मद्दत पुग्ने विश्वास सिंहले विश्वास व्यक्त गरेका छन् ।

सो क्रममा अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजगता अपनाउन निर्देशनसमेत प्रहरी महानिरीक्षक सिंहले  दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ५१ बजे

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड रुपैयाँ आविष्कार केन्द्रलाई

झापा– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर

विकासको बाटो कुर्दै सिरहाका बेतौनाबासी

सिरहा– सिरहाको गोलबजार नगरपालिका– १२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता