तारकेश्वर घटना : ४ जनाकै शव परीक्षणका लागि शिक्षण अस्पताल लगियो « Khabarhub

तारकेश्वर घटना : ४ जनाकै शव परीक्षणका लागि शिक्षण अस्पताल लगियो


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेस्थलीको पदमसालमा एक तल्लाको घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् ।

घर मुली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बिहान ८ बजे दिनेशकी छोरी विद्यालयमा नआएपछि छिमेकीमार्फत खबर गर्दा घरको झ्याल ढोका बन्द रहेकाले  प्रहरी र स्थानीय निकायलाई खबर गरेपछि घरमा गएर हेर्दा चारै जना मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

घटनास्थलमा बालाजुस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी कार्यालय र काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएका प्रहरीका साथै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक टिम पुगेको थियो । चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ भने घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : १० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त