सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थाल्यो, दुई दिनमा ६८ संक्रमित भेटिए « Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थाल्यो, दुई दिनमा ६८ संक्रमित भेटिए


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना सङ्क्रमित भेटिएका हुन् ।

सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको बताए। जटिल अवस्थाको सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन गौरीफन्टा नाका र गड्डाचौकी नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

‘नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेसनमा बस्नुपर्ने सल्लाह दिने गरिएको छ’, उनले भने, ‘जटिल अवस्था भएको सङ्क्रमितलाई सोझै अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिएको छ ।’

रोकथामका लागि नियमितरूपमा जनचेतनासम्बन्धी सन्देशमूलक कार्यक्रम सञ्चालन गरिएको लामिछानेले बताए । रोकथामका लागि मान्छेको बढी भीड हुने सार्वजनिकस्थलमा ‘खोज र खोपको अभियान’ थालिएको छ ।

मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सङ्क्रमितलाई राख्न धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेसन सेन्टर बन्द रहेको छ । कोरोनाको रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण भएको छैन ।

पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार नौ सय ६७ सङ्क्रमित पुगेका छन् ।

गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । फागुनदेखि सङ्क्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला हप्तामा पुनः बढ्न थालेको हो । छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ५७ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ