भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध « Khabarhub

भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो । डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष एवं पूर्ववडाध्यक्ष किरण थापाले मन्दिरमा बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको बताए ।

साँझ मन्दिरमा आरतीमा सहभागी हुनसमेत दर्शनार्थीको घुइँचो रहेको भन्दै उनले आज मात्रै दिनभरिमा २० हजारभन्दा बढी भक्तजनले डोलेश्वर महादेवको दर्शन गरेको बताए ।

दर्शनार्थीको घुइँचो लागेपछि भक्तपुरको जगातिबाट डोलेश्वर महादेव मन्दिर जाने दुई वटा बाटो अवरुद्ध भएको थियो । सवारीसाधनको चाप बढेपछि सडक जाम भएको थियो भने मन्दिरमा दर्शनलाई सहज बनाउन तथा सडक खुलाउन स्वयंसेवक र प्रहरी परिचालन गरिएको थियो ।

त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको थियो । मनको आशा पूरा गर्ने महादेवका रूपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थापाले जानकारी दिए ।

डोलेश्वर हुँदै आशापुरी जान र नंखेल काँक्राबारी हँुदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।

यता भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको थियो । भक्तपुर काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका थिए ।

त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको थियो भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ०५ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ