गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेहको जोखिम « Khabarhub

गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेहको जोखिम



गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेह देखिने समस्या पछिल्लो समय धेरै बढेको छ। महिला रोग विशेषज्ञका अनुसार बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको पाइन्छ। समयमा नै यसको उपचार नभए आमा र बच्चा दुवैलाई जोखिम हुने चिकित्सकहरु बताउँछन्। यसै विषयमा ओम अस्पतालमा कार्यरत वरिष्ठ गाइनोक्लोजिष्ट डा. जागेश्वर गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

बच्चा पेटमा हुँदा आमालाई सुगर किन देखा पर्दछ ?
गर्भावस्थामा सुगर दुई प्रकारको हुन्छ। एउटा गर्भ बस्नुभन्दा पहिला सुगर नदेखिएको र पछि देखिएको हुन्छ। त्यो मधुमेह मेलाइटेज हो। अर्को गर्भवती हुनुभन्दा पहिले सुगर नर्मल र पछि बढ्ने हुन्छ त्यसलाई हामी जीडियम भन्छौँ। इन्सुलेन्ट भन्ने हर्मन जुन सुगरलाई पचाउने हुन्छ, त्यो इन्सुलेन्टको विपरीतमा काम गर्ने हर्मन गर्भावस्थामा ओबेरीबाट प्रशस्त बन्छ। त्यसैले सुगर देखिन्छ। धेरैजसोको डेलिभरी भएको ६ हप्तातिर नर्मल हुन्छ र कसैकसैको पछि पनि रहन्छ। कसैकसैको मधुमेह मेलाइटेज वंशानुगत पनि हुन्छ। कुनै गर्भवती महिलाका बाबुआमामा मधुमेह छ भने गर्भावस्थामा नदेखिने तर पछि देखिने हुन्छ। तर, अरू बेला छैन र गर्भावस्थामा मात्र बढ्यो भने त्यो नर्मल हुन्छ।

पहिलो सन्तान जन्माउँदा सुगर भयो भने दोस्रो बच्चा जन्माउन मिल्छ कि मिल्दैन ?
दोस्रो बच्चा जन्माउन मिल्छ। तर मधुमेह कम गर्न उपचार गर्नुपर्छ। गर्भावस्थामा मधुमेह भयो भने हामी इन्सुलिन दिएर कम गराउँछौ अरू औषधि दिँदैनौँ। किनभने हामीले रगत जाँच गर्ने बेला ठिक छ र अरू बेला बढ्यो भने पनि बच्चालाई असर गर्दछ। बच्चा ठूलो हुन सक्छ। बच्चामा हाइपोथर्मिया हुनसक्छ। महिना नपुगी बच्चा बिग्रिने डर हुन्छ। पेटमा नै बच्चा मर्ने सम्भावना हुन्छ। त्यसैले राम्रोसँग कन्ट्रोल गर्नुपर्दछ।

कस्तो खाना खानु उचित हुन्छ त ?
मधुमेह खाना खाने एउटा नर्मल मान्छेले १८ सय क्यालोरी डाइट खानुपर्छ र गर्भावस्थामा त्योभन्दा ५०० देखि ७०० थप खाना खानुपर्छ ४० प्रतिशत प्रोटिन, ३० प्रतिशत कार्बोहाइडेड, ३० प्रतिशत फ्याट र अरू मिनिरल मिलाएर खानुपर्छ। तर, यो एउटा फर्मुला मात्र भयो। बिरामीको तौलका आधारमा पनि खानामा फरक पर्छ। अरू बेलाभन्दा त्यो बेला धेरै खानु पर्दछ। किनभने बच्चालाई पनि पौष्टिक तत्त्व चाहिन्छ।

पहिलो बच्चा जन्माउँदा नै स्वास्थ्य बिग्रेको छ भने दोस्रो बच्चा जन्माउँदा झन् समस्या हुँदैन र ?
रिस्कहरू धेरै छन्। बच्चामा समस्या हुन्छन् तर अरू महिलाको भन्दा बढी उहाँलाई केयर गर्नु पर्दछ। उपचार गर्नु पर्दछ। धेरै मधुमेह भयो या पहिलादेखि नै मधुमेह थियो भनेपछि बच्चामा पनि जान्छ। यो जीडीयम मधुमेह हो। त्यो आमाबाट बच्चामा छोरी जन्मियो भने जान्छ। छोरा जन्मियो भने जाँदैन। किनभने यो गर्भावस्थामा मात्र हुन्छ।

इन्फेक्सन र पाठेघरमा संक्रमण हुन सक्छ। बच्चा ठूलो भएकोले बच्चाको केयर धेरै गर्नु पर्दछ। बच्चामा रगत धेरै बाक्लो हुन सक्छ। यो एक दुई दिनको समस्या हो। मधुमेह भएको आमाबाट जन्मिएको बच्चामा अङ्गहरू राम्रोसँग विकास हुँदैन। यो मेन्टेन गर्ने र अर्को कुरा ओभर मधुमेह हो भने त्यस्तो बच्चामा पछि ठूलो भएर पछि अर्को बच्चा जन्माउँदा त्यो बच्चामा पनि हुन्छ।

पहिलो सन्तान हुँदा सुगर भयो भने त्यो पछि निको हुने सम्भावना कति हुन्छ ?
९६ प्रतिशत जतिमा नर्मल हुन्छ। जेस्टेसनल मधुमेह जुन गर्भावस्थामा हुन्छ, त्यो पनि पछि आफैं निको हुन्छ। अहिले अस्पतालको रेकर्डमा एक सय जना महिलामा उहाँको २६ देखि २८ हप्ताको बीचमा ५० ग्राम ग्लुकोज खान दिएर रगत जाँच गछौँ। त्यो रगतको मात्रा धेरै देखियो भने हामी ईटीटी जाँच गछौँ। त्यसपछि ६ पटकमा चाहिँ जेस्टेसनल मधुमेह भेटिएको छ र ६ हप्तासम्म पनि मधुमेह कन्ट्रोल भएन भने हर्मन नभएको परिवार नियोजनको साधन प्रयोग गर्न सल्लाह पनि दिन्छौँ। पटकपटक बच्चा बिग्रिएको छ भने जेस्टेसनल मधुमेह हुन सक्छ। त्यसैले सुगर जाँच गर्नु र मधुमेह जाँच गर्नु भन्न चाहन्छु।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : १५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको