‘आम जनताले प्रधानमन्त्री देउवालाई रुचाएका छन्’ | Khabarhub Khabarhub

‘आम जनताले प्रधानमन्त्री देउवालाई रुचाएका छन्’

'निर्वाचनपछि प्रधानमन्त्रीमा कांग्रेसकै दाबी रहन्छ'


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आगामी मङ्सिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा दलहरू जुटेका छन्। निर्वाचन आचारसंहिता जारी भएसँगै दलले आ–आफ्नो तरिकाले प्रचारप्रसार थालेका छन्। कुन कुन दलसँग तालमेल गरेर अघि बढ्ने भन्ने विषयमा एमालेभित्र अझै पनि अन्यौलता देखिन्छ भने गठबन्धन दलभित्र पनि सिट बाँडफाँडको विषय अझै मिल्न सकेको छैन। निर्वाचनको मिति नजिकिएपछि को नेता कहाँ लड्नेभन्दा पनि कुन दलको सिट कति भन्ने कुरामा नै अन्यौलता कायम छ। यो कहिलेसम्म रहन्छ ? प्रभावशाली भनिएका नेताहरूमा समस्या देखिने सम्भावना कत्तिको छ ? यसलाई गठबन्धनले कसरी व्यवस्थापन गर्छ ? एमालेले भावी प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीलाई अगाडि सार्दा गठबन्धनले कसलाई बनाउँछ ? यी र यस्तै विषयमा आधारित रहेर नेपाली कांग्रेसका प्रभावशाली नेता भीमसेन दास प्रधानसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

गठबन्धनभित्र सिट बाँडफाँटको कुरा अहिलेसम्म किन टुंगिन सकेको छैन ?
गठबन्धनको भागबण्डामा समस्या विशेषगरी सिट संख्यामा नै देखिएको छ। पहिला त संविधानलाई ट्याकमा राख्नलाई कांग्रेसले पनि आन्दोलन गरेको अवस्थामा सबैले साथ दिएर गठबन्धन बन्यो। अब भोलि पनि सरकारमा एउटा पार्टीमा मात्र जाँदैन। त्यसैले केन्द्रीय कार्य समितिले गठबन्धनमा नै जाने भनेको छ। यही २० देखि २२ गतेभित्रमा यो सिट बाँडफाँडको विषय टुङ्गिन्छ। कांग्रेस पार्टीले ८५ प्रतिशतमा कम्प्रमाइज गर्न सक्छ। जहाँजहाँ जसले संरचना बनाएको छ, त्यहाँ त्यसलाई दिनुपर्छ।

भोलिका दिनमा गठबन्धनले बहुमत ल्याएन, ठूलो दलका हैसियतले नेपाली कांग्रेस रहयो भने गठबन्धनबाट भावी प्रधानमन्त्री को बन्ने ?
अहिलेसम्म नेपाली कांग्रेसको नेतृत्व ठूलो छ र त्यो शेरबहादुर देउवाले गर्नुभएको छ। एमालेले एक्लै भएर प्रधानमन्त्री टुङ्गो लगायो। तर, गठबन्धनमा पाँच वटा पार्टी छन्। त्यसैले यहाँ अहिले नै प्रधानमन्त्री टुङ्ग्याउँदा अर्को समस्या पर्न सक्छ। पहिले निर्वाचन सम्पन्न हुनासाथ बहुमत गठबन्धन हुँदा पहिला हाम्रो प्रधानमन्त्री सचिवालयको नेता हुनुहुन्छ र हाम्रो फेरि सचिवालयको बैठक बसेर उहाँलाई नै भोलि प्रारम्भिक बनाइने अवस्था छ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार छैन हो ?
गठबन्धनभित्र धेरै पार्टी छन्। त्यसमध्ये अहिलेसम्मको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो। अरू पार्टीलाई कसरी प्रधानमन्त्री दिन्छ त ? आगामी निर्वाचनपछि प्रधानमन्त्रीमा कांग्रेसकै दाबी रहन्छ। अहिले आलोपालो प्रधानमन्त्री बन्ने प्रचलन भएको छ, त्यो कारणले पार्टी खण्डित हुने अवस्था नहोला भन्न सकिँदैन।

पार्टी सिस्टममा दलभित्र जो संसदीय दलको नेता हुन्छ। ऊ प्रधानमन्त्री छनोट हुन्छ। त्यसैले देउवाको बाहुल्यतामा आउँछ। उहाँले अहिलेसम्म सक्रिय रूपमा काम गर्नुभएको छ। अरू नेता धेरैपटक बिरामी भए। तर, उहाँ स्वास्थ्यको हिसाबले पनि नेतृत्वका लागि उपयुक्त पात्र हुनुहुन्छ।

एउटै मान्छेले मात्र कहिलेसम्म राज्य सञ्चालन गर्ने ?
आम नेपाली जनताले उहाँ (प्रधानमन्त्री शेरबहादुर देउवा) लाई रुचाएका छन्। अहिले युवा धेरै आएका छन्। तर, युवाहरूले साहस गरेका छैनन्।

देउवा र गगन थापा भावी प्रधानमन्त्री भनेर जाँदा उहाँहरूको आउने मत फरक पर्छ भन्ने तपाईंहरुलाई लाग्दैन ?
जनताले जहिले पनि नयाँ खोज्छ र केही राम्रो गर्ला भन्ने जनताको पतिक्रिया छ। पुरानोले त जे गर्नु गरिसक्यो, नयाँ आयोस् भन्ने जनताको धारणा छ। तर, नेताहरु आर्यघाट नपुग्दासम्म र विधान कानुनले निषेध नगरेसम्म लडिरहन्छन्।

तपाईंहरूलाई राजनीति भनेको कहिले पनि थकाइ मार्न पाइँदैन भन्ने शब्दले मिठोसँग सम्बोधन गरेको रहेछ है ?
म त्यो पक्षमा छैन। मैले एक्लै पनि ७० वर्ष कटेपछि कुनै राजनीतिक काम गर्नु हुँदैन भन्ने सोचमा छु। योपटक म ६५ वर्ष भएँ। म प्रतिनिधिसभामा नै जान्छु। मलाई त्यहाँका जनताहरूले रुचाएका छन्। मैले देखेको यो काठमाडौँमा यो समानुपातिकमा माधवकुमार नेपाल समूहको सम्भावना देखेको छु। नत्र कांग्रेस नै हो काठमाडौँमा।

तपाईंलाई बागमती प्रदेशका मुख्यमन्त्री बन्ने रहर जागेन ?
मैले बागमती प्रदेशको चुनाव हुँदा मुख्यमन्त्री बन्न आएको छैन भनेर मैले धेरै काम गरेँ। संघीयताको म पक्षधर हुँ। किनभने नेताहरू जितेर आउने र पाँच वर्षसम्म गाउँन नफर्किदा धेरै ठाउँमा विकास भएन, म विकास गर्छु भन्ने पनि कसैमा भएन। तर, अहिले संविधानमा नै अधिकार दिएको छ। मेरो यो अन्तिम उम्मेदवारी हो। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : ३५ बजे

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा