मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु  | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु 


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुन पश्चिमबाट पूर्व आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्करमा ठोक्किएको थियो ।

हिजो साँझ ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका ४१६८ नम्बरको मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा पछाडि सवार उनका ६ वर्षीय छोरा निशान भट्टराईको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका ३२४६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ११ : १५ बजे

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल 

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

अमरगढी– डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ

रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूलाई महाभारतका पात्र

प्रज्ञा, चेतना र सिर्जनाको लालमोहर ‘चोमोलुङमा’

सन् २०१६ मा हङकङ आएका रोशन यक्सो  स्तरीय कविता लेख्ने

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

सिरहा– जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्