विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’ « Khabarhub

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण- प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो ।

प्लास्टिक सडक सय मिटर मात्र छ । हजारौँ हजार किलोमिटरको कोशेढुङ्गा हो । सहरमा जताततै प्लास्टिक छन् । सहरको फोहर व्यवस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ । तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक । चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो ।

कम्पनीबाट मेकानिकल इञ्जिनीयर विमल बाँस्तोला र सिभिल इञ्जिनीयर राजिव सुवेदीले प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान गएका थिए । त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो । यसमा उनीहरू सफल बने। यो प्रविधि अरू ठाउँमा पनि विकास गर्न चाहे पनि स्रोतसाधनको कमी यतिखेर समस्याका रूपमा देखिएको छ ।

यसका लागि प्लास्टिक टुक्रा पार्नुपर्छ । जुन काम गर्न मेसिन पाउनै मुस्किल छ । भएका मेसिन बिग्रँदा बनाउनका लागि चीन वा भारत पुर्‍याउनुपर्छ । हैरानी खेप्नुभन्दा मेसिन नेपालमै बनाउनेतर्फ उनीहरूको ध्यान मोडियो । अनुसन्धान कै क्रममा गण्डकी प्रदेशले सञ्चालन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘जिपास्ट’ सँग ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीले काम गरेको हो । “हामीले प्लास्टिक टुक्रा कसरी बनाउने भनेर रिसर्च गरिरहेका थियौँ”, इञ्जिनीयर विमल बास्तोलाले भने, “त्यही क्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) सित कुरा भयो ।” त्यसपछि आफूहरुको काममा जिपास्टले सहयोग गरेको उनले बताए ।

उक्त प्लास्टिक पेल्ने मेसिनको अनुसन्धान विकासका लागि धेरै रकम आवश्यक पर्ने भएकाले जिपास्टले सहयोग गरेको बास्तोलाले जानकारी दिए। “अहिले हामीलाई धेरै कुरामा सहज भएको छ”, उनले भने, “प्लास्टिक सडक कार्यक्रम देशैभरि फैलाउने हाम्रो योजना छ, त्यसमा जिपास्टबाट सहयोग पाए सहज हुने थियो ।” गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा नवीतम सोच राख्नेका लागि जिपास्ट स्थापना गरेको हो ।

प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सहयोग पुर्‍याउन यसको  स्थापना गरिएको प्रतिष्ठानका प्रमुख ढाका भण्डारीले जानकारी दिए। यो स्थापना भएको २० महिना भयो । “प्रदेशभर विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियटिभ रूपमा लाग्नेहरूलाई सहयोग पुग्ने गरी यो प्रतिष्ठानको परिकल्पना अघि बढेको हो”, उनले भने, “स्थापना भएको छोटो समयमा पनि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै अन्य संस्था र व्यक्तिलाई सेवा दिन पाएका छौँ ।” प्रतिष्ठानले कर्मचारी भर्नादेखि प्रयोगशाला स्थापना, अनुसन्धानकर्ताका लागि फेलोसिप, अनुसन्धानका लागि लागत साझेदारी, वर्कसप, तालिमको काम गरिरहेको उनले जानकारी दिए।

जिपास्ट प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । प्रदेशलाई सक्षम बनाउन आवश्यकताका आधारमा प्रतिष्ठानलाई प्रयोग गर्ने मन्त्रालयको योजना छ । यसलाई अझै प्रभावकारी बनाउन यस वर्ष पनि नयाँ योजना बनाएर बजेट छुटाइएको प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठले भने, “लुप्त अवस्थामा रहेका चिजलाई अनुसन्धान गरेर कसरी उत्पादन बढाउने, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने कुरा जिपास्टसँग जोडिएको छ ।” चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनी जस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा नवीनतम सोचका साथ काम गर्ने सङ्घ वा व्यक्तिलाई सहयोग गर्ने जिपास्टको योजना रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ११ : ३८ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका