विश्वव्यापीरूपमा कोरोना घट्यो तर कोरियामा घटेन : डब्ल्युएचओ « Khabarhub

विश्वव्यापीरूपमा कोरोना घट्यो तर कोरियामा घटेन : डब्ल्युएचओ


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ ।

दक्षिण कोरिया र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार  मङ्गलबार दक्षिण कोरियामा एक सय १२ , मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको थियो ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । बुधबार एकै दिन एक सय १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार आठ सय ७६ पुगेको छ । बुधबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८१ हजार पाँच सय ७३  जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । बुधबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीहरूले देशका विभिन्न भागमा दुई हजार ६६ जना नयाँ बिरामी थपिएका बताएका छन् । मङ्गलबार त्यहाँ दुई हजार दुई सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २६ हजार आठ सय २० रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार  छ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८२ हजार छ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार जेनेभामा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका घटना र मृत्युको सङ्ख्या दक्षिणपूर्वी एशियाली देशमा बाहेक विश्वव्यापीरूपमा घटेको बताएको छ ।  गत साता संसारभर ४५ लाख नयाँ सङ्क्रमित थपिएका जनाउँदै उक्त विश्व संस्थाले  विगतको तुलनामा त्यसमा १६ प्रतिशतले कमी आएको बताएको छ । सोही अवधिमा १३ प्रतिशतले मृत्युदर घटेको तथा १३ हजार पाँच सय जनाको कोभिडबाट मृत्यु भएको थियो ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गोलार्द्धमा शिशिर यामको शुरूवातसँगै कोभिड–१९ को अझ खतरनाक लहर आउनसक्ने चेतावनी दिएका छन् । उनले धनी देशहरूमा खोप लगाउनेहरूको सङ्ख्या कम रहेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ११ : ४४ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक