पहिरोको कारण आज यी सडक छन् अवरुद्ध  | Khabarhub Khabarhub

पहिरोको कारण आज यी सडक छन् अवरुद्ध 


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँच वटा सडक अवरुद्ध भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पर्वतको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा बाग्लुङ सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णपुरमा अवरोध भएको छ । प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर मानाङ जाने वैकल्पिक बाटोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णपुरमा अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर र भलायो डाँडास्थित चतरा वराहक्षेत्र भित्री सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णपुरमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी वराहक्षेत्रबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १२ : १२ बजे

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन्

भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू) 

भक्तपुर– आइतबार (भोलि) मनाइने धान दिवस र दही चिउरा खाने

उपचारमा लापरबाही : हिमाल अस्पताल र चिकित्सकले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने

उर्लाबारी– उपचारमा लापरबाहीका कारण सानोतिनो रोगले पनि ज्यान गुमाउन पुगेकी

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौं– परवानीपुर गाउँपालिका-५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित

कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी