एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश | Khabarhub Khabarhub

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी- एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन् ।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए ।

‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १२ : १४ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान