अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन | Khabarhub Khabarhub

अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्मार्ट सिटीको अवधारणाअनुरूप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख कृष्ण खाणले बताए।

“सेवा प्रदायकसँग एक किसिमको छलफल भएको छ, आवश्यक मात्रै तार राख्ने र अनावश्यक हटाउने र त्यसलाई व्यवस्थित गर्न लागिएको हो”, उनले भने, “तोकिएको अवधिमा सेवा प्रदायकले हटाएर सहयोग गरेन भने नगरपालिकाले तार काटिदिन्छ ।” प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा असर गरेको महसुस गरी सम्बन्धित सेवा प्रदायक कम्पनीलाई तार हटाउन निर्देशन दिइएको नगरप्रमुख खाणले बताए।

“सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरूप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै हुन्छ”, उनले भने, “प्रयोगमा नरहेका तार हटाउन सकेमा मात्रै पनि तार कमी हुनाका साथै त्यसलाई एउटै मुठो बनाएर पनि व्यवस्थित गर्न सकिन्छ ।” नगरपालिकाको निर्देशनसँगै पुराना अनि तामाका तारबाट वितरण गरिएका लाइन हटाउने तयारी थालिएको वालिङ इन्टरनेट प्रालिका सञ्चालक जोगराज पाठकले बताए।

“नयाँ प्रविधिको फाइबर लाइनको विस्तारसँगै पुराना र प्रयोगमा नरहेका अनावश्यक तार हटाउनका लागि तयारी थालेका छौँ”, उनले भने, “वालिङस्थित सबै कम्पनीले यसरी नै पुराना र प्रयोगमा नरहेका आ–आफ्ना तार हटाइदिने हो भने व्यवस्थापनमा सहज हुने देख्छु ।”सेवा प्रदायक कम्पनी बढेसँगै पछिल्लो समय बजार क्षेत्रमा तार अव्यवस्थित देखिएका छन् । अनावश्यक र प्रयोगमा नरहेका तार हटाएर केही समयका लागि समाधान भए पनि त्यो दीर्घकालीन समाधान नहुने भएकाले दीर्घकालीन उपायको खोजीमा लाग्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : ०२ बजे

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले

आजका समाचार : सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली स्पेनतिर र ट्रम्पलाई अमेरिकी सर्वोच्चको साथ

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा पूर्वराष्ट्रपति विद्यादेवी

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा