अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढे « Khabarhub

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढे


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए ।

सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा १० हजार भर्ती गर्ने लक्ष्य गुमाउने भविष्यवाणी गरेका थिए । युवाहरु आक्रमणको जोखिममा रहने उनीहरूका अभिभावले विश्वास गरेमा  निश्चित रूपमा भर्तीमा प्रभाव पर्न सक्ने बताइन्छ ।

यौन दुर्व्यवहारका घटना नियन्त्रण गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र सैन्य सेवा संघर्षरत रहे पनि सन् २००६ देखि झन्डै हरेक वर्ष दुर्व्यवहारका घटनामा वृद्धि भइरहेको बताइन्छ ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १२ : ५२ बजे

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा