चिनियाँ तटपारी ताइवानले अज्ञात ड्रोन खसाल्यो « Khabarhub

चिनियाँ तटपारी ताइवानले अज्ञात ड्रोन खसाल्यो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताइवानले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने एउटा चालकरहित हवाई उपकरण ‘ड्रोन’ लाई खसालिदिएको छ । बिहीबार चिनियाँ तटपारी ताइवानी प्रशासनको नियन्त्रणमा रहेको टापुनजिक हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने अज्ञात गैरसैनिक ड्रोन खसालिएको ताइवानी सेनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ भूभागबाट आफ्नो भूमि, जल एवम् हवाई क्षेत्रमा हुने घुसपैठविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएपछि ताइवानी सेनाले पहिलो पटक ड्रोन खसालेको हो ।

चीनले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको । चीनले ताइवानलाई मूलभूमिसँग विलय गराउनका लागि बल प्रयोग गर्ने विकल्प खुला रहेको बताउने गरेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत महिना ताइवानको भ्रमण गरेसँगै चीनले ताइवान आसपास सैन्य अभ्यास गरेको थियो ।

ताइवान सरकारले भने ताइवान स्ट्रेट क्षेत्रमा तनाव वा उत्तेजना बढाउने कुनै पनि गतिविधि नगर्ने बताउँदै आएको छ । यद्यपि पछिल्लो समय चिनियाँ लडाकु विमान, ड्रोन, युद्धपोतले ताइवानी हवाई एवम् जलक्षेत्रको उल्लङ्घन गर्न थालेपछि भने ताइवान चिढिएको बताइन्छ ।

चीनको सियामेन र च्यान्झोउ सहरको तटपारी रहेको ताइवानको प्रशासनमा रहेको किन्मेन टापु समूहको रक्षा कमाण्डका अनुसार उक्त ड्रोन लायन टापुमाथिको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

सो टापुमा रहेका ताइवानी सुरक्षा बलले उक्त ड्रोनलाई चेतावनी दिएको जनाइएको छ । चेतावनीका बावजुद पनि उड्न नछाडेपछि उक्त ड्रोन खसालिएको र यसका भग्नावशेष समुद्रमा खसेको रोयटर्सले जनाएको छ ।

यसअघि ताइवानी राष्ट्रपति साई इङ वेनले चिनियाँ उत्तेजनाविरुद्ध ‘कठोर कदम’ चाल्न सेनालाई निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : १२ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै