चिनियाँ तटपारी ताइवानले अज्ञात ड्रोन खसाल्यो | Khabarhub Khabarhub

चिनियाँ तटपारी ताइवानले अज्ञात ड्रोन खसाल्यो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताइवानले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने एउटा चालकरहित हवाई उपकरण ‘ड्रोन’ लाई खसालिदिएको छ । बिहीबार चिनियाँ तटपारी ताइवानी प्रशासनको नियन्त्रणमा रहेको टापुनजिक हवाई क्षेत्रमा प्रवेश गर्न खोज्ने अज्ञात गैरसैनिक ड्रोन खसालिएको ताइवानी सेनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ भूभागबाट आफ्नो भूमि, जल एवम् हवाई क्षेत्रमा हुने घुसपैठविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएपछि ताइवानी सेनाले पहिलो पटक ड्रोन खसालेको हो ।

चीनले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको । चीनले ताइवानलाई मूलभूमिसँग विलय गराउनका लागि बल प्रयोग गर्ने विकल्प खुला रहेको बताउने गरेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत महिना ताइवानको भ्रमण गरेसँगै चीनले ताइवान आसपास सैन्य अभ्यास गरेको थियो ।

ताइवान सरकारले भने ताइवान स्ट्रेट क्षेत्रमा तनाव वा उत्तेजना बढाउने कुनै पनि गतिविधि नगर्ने बताउँदै आएको छ । यद्यपि पछिल्लो समय चिनियाँ लडाकु विमान, ड्रोन, युद्धपोतले ताइवानी हवाई एवम् जलक्षेत्रको उल्लङ्घन गर्न थालेपछि भने ताइवान चिढिएको बताइन्छ ।

चीनको सियामेन र च्यान्झोउ सहरको तटपारी रहेको ताइवानको प्रशासनमा रहेको किन्मेन टापु समूहको रक्षा कमाण्डका अनुसार उक्त ड्रोन लायन टापुमाथिको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

सो टापुमा रहेका ताइवानी सुरक्षा बलले उक्त ड्रोनलाई चेतावनी दिएको जनाइएको छ । चेतावनीका बावजुद पनि उड्न नछाडेपछि उक्त ड्रोन खसालिएको र यसका भग्नावशेष समुद्रमा खसेको रोयटर्सले जनाएको छ ।

यसअघि ताइवानी राष्ट्रपति साई इङ वेनले चिनियाँ उत्तेजनाविरुद्ध ‘कठोर कदम’ चाल्न सेनालाई निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : १२ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार