फर्निचर तथा फर्निसिङ एक्स्पो-२०२२ आयोजना हुने « Khabarhub

फर्निचर तथा फर्निसिङ एक्स्पो-२०२२ आयोजना हुने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा नेपाल, भारत तथा बङ्गलादेशका प्रदर्शक सहभागिता हुने नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । एक्स्पोमा भान्सा, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइनको प्रदर्शनी हुनेछ । एक्स्पोमा एक सयभन्दा बढी कक्ष रहनेछन् । एक्स्पोमा एक लाखले अवलोकन गर्ने अनुमान गरिएको संघका महासचिव अर्जुन घिमिरेले बताए ।

एक्स्पोका संयोजक ओम बस्नेतले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुलाई विस्थापन गर्ने उद्देश्यका प्रदर्शनी आयोजना गरिएको बताए । एक्स्पोमा मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादन राखिने छ । संघले सन् २०१२ देखि वर्षेनी फर्निचर तथा फर्निसिङ सामग्री बृहत् मेला आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : २४ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र