फर्निचर तथा फर्निसिङ एक्स्पो-२०२२ आयोजना हुने | Khabarhub Khabarhub

फर्निचर तथा फर्निसिङ एक्स्पो-२०२२ आयोजना हुने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा नेपाल, भारत तथा बङ्गलादेशका प्रदर्शक सहभागिता हुने नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । एक्स्पोमा भान्सा, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइनको प्रदर्शनी हुनेछ । एक्स्पोमा एक सयभन्दा बढी कक्ष रहनेछन् । एक्स्पोमा एक लाखले अवलोकन गर्ने अनुमान गरिएको संघका महासचिव अर्जुन घिमिरेले बताए ।

एक्स्पोका संयोजक ओम बस्नेतले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुलाई विस्थापन गर्ने उद्देश्यका प्रदर्शनी आयोजना गरिएको बताए । एक्स्पोमा मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादन राखिने छ । संघले सन् २०१२ देखि वर्षेनी फर्निचर तथा फर्निसिङ सामग्री बृहत् मेला आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : २४ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले