जो बाइडेन र सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ताको तयारी सुरु « Khabarhub

जो बाइडेन र सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ताको तयारी सुरु


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन्पिङबीच प्रत्यक्ष भेटवार्ता गराउने विषयमा तयारी सुरु भएको छ ।

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले पनि हालै ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुबै देशका राष्ट्रपतिलाई सशरीर एकैस्थानमा भौतिक रुपमा उपस्थित गराउन चिनियाँ एवम् अमेरिकी अधिकारी क्रियाशील रहेको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन र उनका चिनियाँ समकक्षी सीले एकअर्कालाई भेट्ने योजनामा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले बताएका छन् । अमेरिकी प्रशासन ह्वाइट हाउसले पनि राष्ट्रपतिद्वयको भावी बैठकबारे पुष्टि गरेको छ ।

ह्वाइट हाउसका अनुसार दुबै देशका नेताले भौतिकरूपमा भेटवार्ता गर्न सहमति जनाएका छन् । गत जुलाईमा राष्ट्रपतिद्वयबीच टेलिफोन वार्ता भएको थियो । संयोजक किर्बीले उनीहरूबीचको भेटवार्ताको मिति र समयबारे काम भइरहेको तर निष्कर्षमा नपुगको बताएका छन् ।

यसअघि अमेरिकी अधिकारीहरूको ताइवान भ्रमणको निन्दा गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ताइवान स्वतन्त्रता पृथकतावादी गतिविधि भएको उल्लेख गर्दै बाह्य हस्तक्षेपको विरोध गर्न बेइजिङ नडगमगाउने बताएका थिए । उनले अमेरिकी राजनीतिज्ञलाई एक चीन नीति पालना गर्न ग्रह गर्दै ताइवानसँगका सबै प्रकारका आधिकारिक अन्तरक्रिया बन्द हुनुपर्नेमा जोड दिएका छन् ।

गत महिना सभामुख पेलोसीले ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरेकी थिइन् । साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

कम्युनिष्ट शासित चीनले ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः एकीकरण गर्न सक्ने बताउँदै आएको छ ।

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ ।

चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : २९ बजे

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा